बाबुराम आचार्य : गुर्खा जाति (खस, मगर तथा गुरुङ) नेपाली भित्र पर्दछ, गुर्खा भित्र नेपाली अटाउँदैन । श्री ५ पृथ्वीनारायण शाहका नेतृत्वमा गुर्खा जातिले त्यस समयका नेपाली-नेवार) लार्य विजय गरेर नयाँ राज्य बनाए तापनि यस नेपाली जातिका ललित कलात्मक सभ्यता र संस्कृतिबाट पराजित भई काठमाडौंमा राजधानी गरी स्वयम् नेपाली बनेका थिए । यस तरहसंग गुर्खाहरुको साँस्कृतिक पराजय र नेपालीका सा“स्कृतिक विजयले यो नेपाली राष्ट्र बनेको हो । (बाबुराम आचार्य, 'नेपालको प्राचीन मूल संस्कृति' संस्कृति, वर्ष१, अंक १ (नेपाल साँस्कृतिक संघ, श्रीपञ्चमी २०१४०, पृ. २